काठमाण्डौँ । विकासे मन्त्रालयमध्ये सबैभन्दा धेरै ठूलो मन्त्रालय मानिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलमा तीन जनाको दाबी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सांसदमध्ये उक्त मन्त्रालयको रोस्टरमा सुनिल लम्साल, आशिष गजुरेल र सुदन गुरुङको नाम चर्चामा रहेको हो ।
रोस्टरको पहिलो नाममा सुनिल लम्साल छन् । रुपन्देही–५ बाट निर्वाचित लम्साललाई गृहमन्त्री बनाउने बालेन पक्षको लबिङबिच उनलाई भौतिक मन्त्रालयको पहिलो सम्भावित सूचीमा राखिएको छ।
दोस्रो नम्बरमा आशिष गजुरेललाई राखिएको छ । सिन्धुली–२ बाट निर्वाचित गजुरेल भौतिक पूर्वाधार तथा यातायात क्षेत्रका विज्ञ मानिन्छन् । यसअघि उनी इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशक समेत थिए ।
बालेन र रवि पक्षको टीम व्यवस्थापनका क्रममा सुनिलले गृह मन्त्रालय पाउँदा गजुरेल भौतिक पूर्वाधारमन्त्री बन्ने बलियो सम्भावना रहेको स्रोतको भनाइ छ।
यो मन्त्रालयमा गोरखा–१ बाट निर्वाचित सांसद सुधन गुरुङको समेत दाबी छ । यद्यपि उनको सम्भावना कम रहेको स्रोतको भनाइ छ । जेनजी आन्दोलनदेखि रवि, बालेन र कुलमानलाई मिलाउने काममा समेत भूमिका खेलेका उनी सक्रिय भए पनि भौतिक पूर्वाधारको क्षेत्रमा ज्ञान नभएका कारण उनलाई क्लस्टरमा नराखिएको स्रोतको भनाइ छ।
यसको सट्टा उनलाई युवा तथा खेलकुद मन्त्रालयमा व्यवस्थापन गर्ने पार्टीका शीर्ष नेताहरूको तयारी छ । खेलकुद मन्त्रालयको रोस्टरमा उनलाई पहिलो नम्बरमा राखिएको स्रोतको भनाइ छ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्