कांग्रेस बाराका सभापति रायसहित १६ जनाको नाम कारबाहीका लागि सिफारिस

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र २

काठमाण्डौँ । नेपाली कांग्रेस बाराका सभापति राजेश राय यादवसहित १६ जनाको नाम कारबाहीका लागि केन्द्रसमक्ष सिफारिस भएको छ । बारा–३ को क्षेत्रीय कार्यसमितिले जिल्ला सभापति यादवसहित १६ जनाको नाम कारबाहीका लागि केन्द्रसमक्ष सिफारिस गरिएको हो ।

क्षेत्रीय सचिव राजेश भण्डारीले प्रतिनिधिसभा सदस्य उम्मेदवार सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई असहयोग गरेका जिल्ला सभापति यादवसहित १६ जनाको नाम कारबाहीका लागि सिफारिस गरिएको जानकारी दिएका छन् ।

बारा निर्वाचन क्षेत्र नं. ३ मा नेपाली काग्रेसका उम्मेदवार फरमुल्लाह मन्सुरलाई निर्वाचनमा पराजित गराउनका लागि आफ्ना नातेदार र नजिकका नेता कार्यकर्तालाई परिचालन गरी जिल्ला कार्यसमिति बाराका सभापति राजेश राय यादवले हराउने कार्य गरेको, गराउन लगाएको व्यवहोरा अवगत गराउन चाहन्छु,’ क्षेत्रीय कार्यसमितिले पठाएको पत्रमा भनिएको छ ।

क्षेत्रीय सभापति प्रभातकुमार चौरसियाद्वारा हस्ताक्षरित पत्रमा सिफरिस गरिएकाहरूलाई तत्काल पार्टी सदस्यताबाट निलम्बन गरिनुपर्ने माग गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *