आजको राशिफल : २०८२ साल फाल्गुण २८ गते बिहीबार

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २८

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज व्यापार वा आर्थिक विषयमा भावनामा आएर निर्णय नगर्नु राम्रो हुन्छ। लामो समयदेखि अड्किएका कामहरूमा सहयोगीहरूको साथ पाइने सम्भावना छ। आत्मविश्वास र साहस बढ्नेछ। शुभ रंग : सेतो, शुभ अंक : २।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
नजिकका सम्बन्धहरूमा सुधार आउने संकेत छ। साथीभाइसँगको सहकार्यबाट फाइदा मिल्न सक्छ। विद्यार्थीहरूले आफ्नो भविष्यप्रति स्पष्ट योजना बनाउनुपर्ने देखिन्छ। शुभ रंग : हरियो, शुभ अंक : ३।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज प्रतिष्ठा बढ्ने खालका काम गर्ने अवसर मिल्नेछ। सोचेजस्तै कामहरू पूरा हुने सम्भावना छ। मेहनत र लगनशीलताले पुराना समस्याहरू समाधान गर्न सहयोग पुग्नेछ। शुभ रंग : सेतो, शुभ अंक : २।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
राजनीतिक तथा सामाजिक क्षेत्रमा जनसमर्थन बढ्ने संकेत छ। व्यापारका लागि नयाँ योजना बनाउन सकिने समय छ। यात्रा गर्दा भने सावधानी अपनाउनु राम्रो हुन्छ। शुभ रंग : सेतो, शुभ अंक : ७।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कार्यस्थलमा जिम्मेवारी बढ्न सक्छ। परिवार वा जीवनसाथीसँग सामान्य मनमुटाव हुन सक्ने भएकाले संयम आवश्यक छ। आर्थिक प्रयास भने सफल हुन सक्ने संकेत छ। शुभ रंग : सेतो, शुभ अंक : ८।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
कामकाजमा इच्छाअनुसारको उपलब्धि प्राप्त हुने सम्भावना छ। नयाँ रोजगारी वा पेशागत क्षेत्रमा सफलता मिल्न सक्छ। मान्यजनको साथ र सहयोगले थप प्रगति सम्भव देखिन्छ। शुभ रंग : रातो, शुभ अंक : ४।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज योजना सफल हुने संकेत छ। लामो समयदेखि रोकिएको रकम अचानक प्राप्त हुन सक्छ। आफन्तहरूसँग रमाइलो समय बित्नेछ र व्यापारमा राम्रो लाभ मिल्न सक्छ। शुभ रंग : निलो, शुभ अंक : ९।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नोकरी वा व्यवसायमा हतारमा निर्णय नगर्नु राम्रो हुन्छ। आयका स्रोतहरू बढ्ने सम्भावना देखिन्छ। साझेदारीमा पारदर्शिता कायम राखे लाभ मिल्न सक्छ। विद्यार्थीहरूले शिक्षकको साथ पाउनेछन्। शुभ रंग : सेतो, शुभ अंक : २।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
धार्मिक वा सामाजिक कार्यमा खर्च बढ्न सक्छ। आफन्तबाट अपेक्षाअनुसार सहयोग नपाउँदा मन खिन्न हुन सक्छ। यात्रा गर्दा आफ्नो सामानको विशेष ध्यान राख्नु राम्रो हुन्छ। शुभ रंग : रातो, शुभ अंक : १।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
समाजमा प्रतिष्ठा बढ्ने सम्भावना छ। पहिल्यै गरेको मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। सहकर्मीहरूको सहयोगले काम सजिलै अघि बढ्नेछ। व्यापारमा नयाँ अवसर प्राप्त हुन सक्छ। शुभ रंग : केशरी, शुभ अंक : ५।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
वैदेशिक क्षेत्रबाट राम्रो समाचार प्राप्त हुन सक्छ। व्यापार वा कामको सिलसिलामा यात्रा गर्नुपर्ने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर रहनेछ र छिमेकीसँगको मनमुटाव पनि अन्त्य हुन सक्छ। शुभ रंग : बैजनी, शुभ अंक : ३।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
पुराना अधुरा कामहरू पूरा गर्ने समय आएको छ। सन्तान पक्षबाट खुसीको खबर आउन सक्छ। पेशा वा जागिरमा वरिष्ठको साथ मिल्नेछ। व्यापारमा थप लगानी गर्ने अवसर मिल्न सक्छ। शुभ रंग : खैरो, शुभ अंक : ५।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *