|
फाल्गुन २०, २०८२
डोल्पा, २० फागुन – हिमाली जिल्ला डोल्पामा पर्ने फोतगाउँ मतदान केन्द्रमा खटिएका पाँच जना कर्मचारी बिरामी परेका छन्।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार बिरामी परेकाहरूमा जिल्ला अदालतका सहायक कर्मचारी गोर्खबहादुर थापा, साल्ट ट्रेडिङ कर्पोरेशनका कार्यालय सहयोगी धनबहादुर महतारा तथा तीन निर्वाचन प्रहरी कृष्ण झाक्री, आत्मराम बोहोरा र इन्द्रमान धरला छन्।
उनीहरूमा ज्वरो, टाउको दुखाइ, खोकी, बान्ता र श्वासप्रश्वासमा समस्या देखिएको छ। विशेषगरी त्रिपुरासुन्दरी ५ का झाक्रीको अवस्था गम्भीर रहेकाले अक्सिजन दिइएको छ।
उक्त मतदान केन्द्र दुर्गम क्षेत्रकामा पर्दा तत्काल स्वास्थ्य सेवा पुर्याउन कठिन भएकोले नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्