ओमप्रकाश अर्यालको चुनावी परीक्षा

DaksuMedia दाक्सु मिडिया
|
फाल्गुन २०, २०८२

काठमाण्डौँ । निर्वाचन नजिकिँदै गर्दा गृहमन्त्री ओमप्रकाश अर्यालले देशको सुरक्षा अवस्था कडा निगरानीमा राखेका छन् । पछिल्ला तीन सातायता उनले गृहसचिव, सुरक्षा निकायका प्रमुख तथा उच्च अधिकारीहरूसँग नियमित बैठक गर्दै सुरक्षा तयारीको समीक्षा गरिरहेका छन् ।

मौन अवधिसहित तराईमा होलीका बेला हुनसक्ने घटनालाई लक्षित गर्दै सुरक्षा व्यवस्था चुस्त बनाइएको गृह मन्त्रालयले जनाएको छ। हिमाल, पहाड र तराईका फरक–फरक जोखिमलाई ध्यानमा राखी आवश्यक रणनीति अपनाइएको मन्त्री अर्यालको भनाइ छ। बाजुरा लगायत अघिल्ला निर्वाचनमा समस्या देखिएका जिल्लामा विशेष निगरानी बढाइएको छ ।

प्रचारप्रसार अवधि शान्तिपूर्ण रहेको गृह प्रशासनको दाबी छ । सीमित उम्मेदवारलाई मात्र व्यक्तिगत सुरक्षा (पीएसओ) दिइएको र सुरक्षा संयन्त्र कुनै दलको पक्षमा दुरुपयोग नभएको मन्त्री अर्यालले स्पष्ट पारे ।

प्रदेशस्तरीय सुरक्षा संयन्त्रलाई सक्रिय बनाउँदै मतदान र मतपेटिका ढुवानीमा तीन तहको सुरक्षा घेरा रहने व्यवस्था गरिएको छ। निर्वाचनपछि राजनीतिक तथा संवैधानिक प्रक्रिया पुनः ट्रयाकमा आउने विश्वास व्यक्त गर्दै मन्त्री अर्यालले समाजमा देखिएको मनोवैज्ञानिक ‘ट्रमा’ निको पार्न समय लाग्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *