खाल्डोमा परेर एकै घरका दुई बालबालिकाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
फाल्गुन १९, २०८२

काठमाण्डौँ । सुर्खेतमा खाल्डोमा परी दुई जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका—९ का ७ वर्षीय खेमराज कटुवाल र ५ वर्षीया दीपिका कटुवाल हुन् ।

उनीहरू कालिकोटको तिलागुफा नगरपालिका—९ चिलखाया घर भएर वीरेन्द्रनगर—९ मा बस्दै आएका टेकबहादुर कटुवालका छोराछोरी हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार घर बनाउन खनेको खाल्डोमा परेर उनीहरूको सोमबार साँझ मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *