निर्वाचन आयोगलाई कांग्रेसको चारबुँदे ध्यानकर्षणपत्र

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १७

काठमाण्डौँ । नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघनबारे निर्वाचन आयोगमा चारबुँदे ध्यानकर्षणपत्र बुझाएको छ ।

कांग्रेसका प्रवक्ता देवराज चालिसेसहितका नेताले आइतबार कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई पत्र बुझाएका हुन् ।

जसमा राजनीतिक दलहरूले भौतिक चुनाव चिह्नको खुलेआम दुरुपयोग गरिरहेको उल्लेख छ । विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उमेदवार, समर्थक घण्टी बोकेर प्रचारमा छन् ।

राजनीतिक दलहरूले निर्वाचन प्रचार–प्रसार अभियानका क्रममा बालबालिकालाई सहभागी गराइएको भन्दै कांग्रेसले आयोगको ध्यानाकर्षण गराएको हो ।

त्यस्तै, आयोगले राष्ट्रिय झण्डाको प्रयोगको सम्बन्धमा गरेको निर्देशनविपरीत झण्डाको दुरुपयोग भइरहेको चालिसेले बुझाएको पत्रमा उल्लेख छ ।

“मिथ्या सूचनाको दुस्प्रचार गरी जनमतलाई आफ्नो दलको अभिष्ट पूरा गराउने उद्देश्यले सामाजिक सञ्जालमार्फत् निर्वाचन आचारसंहिताको विपरीत हुने गरी सूचना सम्प्रेषण भइरहेको,” पत्रमा भनिएको छ ।

कांग्रेसले पत्र बुझाएपछि आयोगका कार्यवहाक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आचारसंहिता उल्लंघनको न्यूनीकरणमा उच्च प्राथमिकताका साथ लागेको बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *