|
२०८२ फाल्गुन १५
झापा, फागुन १५ — केपी शर्मा ओलीले आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) कुनै दलसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने बताएका छन्।
आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा सञ्चालन भइरहेको घरदैलो कार्यक्रमका क्रममा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले एमालेले स्पष्ट बहुमतसहित सरकार गठन गर्ने लक्ष्य राखेको उल्लेख गरे। उनले पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न मतदाताको साथ आवश्यक रहेको बताए।
झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका ओली यतिबेला विभिन्न बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट र छलफलमा व्यस्त छन्। उनले विकास, सुशासन र स्थायित्वका मुद्दालाई प्राथमिकतामा राखेर मत मागिरहेको जनाइएको छ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्