|
२०८२ फाल्गुन १४
काठमाण्डौँ । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् । गएराति ११ः३० बजे देउवा सिंगापुर प्रस्थान गरेको अध्यागमन स्रोतले जनाएको छ ।
आम निर्वाचन आउन एक साता मात्र बाँकी रहेको अवस्थामा देउवा एक्लै सिंगापुर प्रस्थान गरेका हुन् । पार्टीको आन्तरिक विवादका कारण निर्वाचनप्रति सकारात्मक नदेखिएका देउवा चुनाव छल्नकै लागि सिंगापुर उडेको पार्टी भित्र चर्चा छ ।
यद्यपि देउवा यसअघि पनि पटक पटक उपचारको लागि सिंगापुर जाने गरेका थिए ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्