सवारी सरुवा प्रकरणमा यातायात अधिकृत रंगेहात पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १२

हेटौंडा – मकवानपुरको यातायात व्यवस्था कार्यालय, हेटौंडामा कार्यरत अधिकृत अमृत भेटुवाल घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार सवारी सरुवा सहमति मिलाइदिने नाममा सेवाग्राहीसँग रकम मागिएको भन्ने उजुरीपछि टोली परिचालन गरिएको थियो।

कार्यालय परिसरबाट विचौलियासहित ११ हजार ५ सय रुपैयाँ घुस लिइसकेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको आयोगले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *