चुनावी गतिविधिमा बाधा नपुर्‍याउन आयोगको कडा चेतावनी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १२

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ को सन्दर्भमा कुनै पनि दल वा उम्मेदवारको प्रचारप्रसारमा अवरोध नगर्न स्पष्ट निर्देशन दिएको छ।

आयोगका अनुसार विभिन्न उजुरी प्राप्त भएपछि यस्तो आग्रह गरिएको हो। चुनावी सभासमारोह, जुलुस वा भेटघाट कार्यक्रम बिथोल्ने कार्य आचारसंहिताविपरीत हुने जनाइएको छ।

साथै निर्वाचन कसुर तथा सजाय ऐन २०७३अनुसार प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख रुपैयाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद सजाय हुन सक्ने आयोगले स्मरण गराएको छ।

आयोगले स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने उल्लेख गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *