निर्वाचनका समयमा महँगी कालोबजारी तथा कृत्रिम अभाव रोक्न प्रशासनको सक्रियता

DaksuMedia दाक्सु मिडिया
|
फाल्गुन ११, २०८२

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका समयमा बजारमा कुनै पनि प्रकारका सामानको अभाव हुन नदिन, कालो बजारी महँगी हुन नदिने तथा आवश्यक सबै व्यवस्था मिलाउन, कुनै पनि कुराको अभाव हुन नदिने गरी चुस्त दुरुस्त रुपले बजारलाई चलायमान बनाउने निर्णय भएको छ ।

आइतबार जिल्ला प्रशासन कार्यालय उदयपुरमा बसेको सर्वपक्षिय बैठकले कालो बजारी महँगी नियन्त्रण गर्ने, निर्वाचनका समयमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन, बोतल, टंकी , ड्रम वा अन्य भाडावर्तनमा बिक्री नगर्न र पेट्रोलपम्पबाट मात्र विक्री वितरण गर्नु पर्ने निर्णय भएको छ ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम प्रसाद पाण्डेले दिनुभएको जानकारी अनुसार फागुन २१ गते हुने निर्वाचनका सामाग्री ढुवानी गर्न निजी क्षेत्रका यातायात व्यवसायीहरुलाई सहयोग गर्न अनुरोध गरिएकोमा यातायात व्यवसायीहरुले सहयोग गर्न तयार रहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *