एमाले परित्यागपछि जितेन्द्र नारायण देव पुनः कांग्रेसमा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ५

काठमाडौं, ५ फागुन — जितेन्द्र नारायण देवले नेकपा एमाले परित्याग गर्दै पुनः नेपाली कांग्रेसमा फर्किएको घोषणा गरेका छन्।

मंगलबार जारी वक्तव्यमा उनले कांग्रेसको हालै सम्पन्न विशेष राष्ट्रिय महाधिवेशनले पारित गरेको नीति तथा कार्यक्रमप्रति समर्थन जनाउँदै आफू र आफ्ना सहयोगीहरू पुनः कांग्रेसमा आबद्ध भएको बताएका छन्। साथै, महाधिवेशनबाट निर्वाचित गगन कुमार थापाको नेतृत्वको केन्द्रीय कार्यसमितिसँग प्रतिबद्ध भएर काम गर्ने उल्लेख गरेका छन्।

देव यसअघि कांग्रेसबाटै राष्ट्रियसभा सदस्य र संस्कृति, पर्यटनमन्त्री बनेका थिए। दुई वर्षअघि एमाले प्रवेश गरेका उनी फेरि कांग्रेसमा फर्किएका हुन्। विभिन्न समयमा एमाले, माले, मधेशी जनअधिकार फोरम र लोकतान्त्रिक फोरम हुँदै २०७४ मा कांग्रेस प्रवेश गरेका देवको राजनीतिक यात्रा उतारचढावपूर्ण रहँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *