सर्वोच्चको निर्णय नआएसम्म रवि लामिछानेविरुद्धको मुद्दा स्थगित

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ५

गण्डकी । कास्की जिल्ला अदालत ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध दायर सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा तत्काल प्रक्रिया अघि नबढाउने आदेश दिएको छ।

महान्यायाधिवक्ताको कार्यालय ले गत पुस ३० गते उक्त दुई मुद्दा फिर्ता लिने निर्णय गरेपछि जिल्ला सरकारी वकिल कार्यालयले त्यसका लागि अदालतमा निवेदन दिएको थियो। सो निवेदनमाथि सुनुवाइ गर्दै अदालतले मुद्दा फिर्ता गर्ने वा नगर्नेबारे कुनै अन्तिम आदेश नगरी हाललाई ‘होल्ड’ मा राख्ने निर्णय गरेको हो।

महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालत मा रिट दायर भइसकेकाले सर्वोच्चबाट आउने आदेशपछि मात्र थप प्रक्रिया अघि बढाइने अदालतले जनाएको छ।

उक्त मुद्दा पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणसँग सम्बन्धित रहेको छ, जहाँ लामिछानेविरुद्ध सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणका आरोप पनि समावेश छन्। अब सर्वोच्चको निर्णयपछि नै यस विषयमा कानुनी प्रक्रिया अगाडि बढ्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *