प्रतिनिधिसभा निर्वाचन: मुगुमा कडा प्रतिस्पर्धाको संकेत

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ४

मुगु – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लिएर हिमाली जिल्ला मुगुमा चुनावी गतिविधि तीव्र बन्दै गएको छ। प्रमुख राजनीतिक दलका उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएसँगै प्रतिस्पर्धा रोचक बन्ने आकलन गरिएको छ।

नेपाली कांग्रेसबाट खडगबहादुर शाही, नेकपा एमालेबाट पूर्णबहादुर रोकाया, राष्ट्रिय स्वतन्त्र पार्टीबाट भुवन टमाटा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बलबहादुर मल्ललगायत उम्मेदवार प्रतिस्पर्धामा छन्। साथै अन्य दलका उम्मेदवारले पनि सक्रिय प्रचार गरिरहेका छन्।

जिल्ला निर्वाचन कार्यालयका अनुसार मुगुमा ३६ हजार ३१ मतदाता रहेका छन्। चार स्थानीय तहमा ६७ मतदानस्थल र ७९ मतदान केन्द्र निर्धारण गरिएको छ। अघिल्लो निर्वाचनमा यहाँ करिब ७४ प्रतिशत मतदान भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *