|
२०८२ फाल्गुन ४
इटहरी – नेपाली सेना स्थापना दिवसको अवसरमा इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टरमा फोटो तथा सेनासम्बन्धी सामग्रीहरूको प्रदर्शनी सुरु गरिएको छ।
मङ्गलबारसम्म सञ्चालन हुने उक्त प्रदर्शनीमा राष्ट्र र राष्ट्रिय हितको सुरक्षामा नेपाली सेनाले खेलेको भूमिकालाई झल्काउने तस्बिरहरू राखिएका छन्। विगतदेखि वर्तमानसम्मका दुर्लभ ऐतिहासिक तस्बिरसमेत प्रदर्शनीमा समावेश छन्।
यसका साथै विभिन्न प्रकारका हतियार, सञ्चार उपकरण, सुरक्षा सामग्री तथा विपद् व्यवस्थापनमा प्रयोग हुने सामग्रीहरू पनि अवलोकनका लागि राखिएको जनाइएको छ।
दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्