पाँच वर्षमा डिजिटल प्रोडक्ट विकास गर्ने थापाको दृष्टि

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ४

काठमाडौं, फागुन ४ — गगन थापा ले नेपाललाई पाँच वर्षभित्र डिजिटल हब बनाउने लक्ष्यसहित चार प्राथमिक योजना सार्वजनिक गरेका छन्।

भिडियो सन्देशमार्फत उनले सूचना प्रविधि क्षेत्रलाई तीव्र गतिमा अघि बढाउन स्थिर कर नीति, दक्ष जनशक्ति उत्पादन, फ्रिलान्सिङ र बीपीओभन्दा माथि उठेर डिजिटल प्रोडक्ट विकास तथा हरित ऊर्जामा आधारित डाटा सेन्टर विस्तारलाई मुख्य आधार बनाउने बताए।

नेपाली कांग्रेस का सभापति थापाले ‘ल्यापटप चलाएर महिनाको ३/४ लाख कमाउन सकिन्छ’ भन्ने आफ्नो पुरानो अभिव्यक्ति हावादारी नभएको दोहोर्‍याउँदै स्पष्ट योजना र कानुनी सुधारमार्फत ठूलो आईटी निर्यात र रोजगारी सिर्जना सम्भव रहेको दाबी गरे।

उनका अनुसार आगामी पाँच वर्षमा अर्बौंको डिजिटल सेवा निर्यात र हजारौँ युवालाई रोजगारी दिने वातावरण तयार गर्न सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *