नेपालको चुनावी नतिजा बंगलादेशजस्तै हुन सक्ने ओलीको दाबी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ३

काठमाडौँ — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा पनि बंगलादेशको जस्तै चुनावी परिणाम आउन सक्ने बताएका छन्।

आइतबार भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले बंगलादेशमा आन्दोलनबाट आएको दलले कम सिट जितेको र पुराना दल बलियो रूपमा उदाएको उदाहरण दिँदै नेपालमा पनि त्यस्तै परिस्थिति देखिन सक्ने उल्लेख गरे।

चुनावी अभियानका लागि झापा पुगेका ओली झापा–५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन्। उनले आफ्नो निर्वाचन क्षेत्रमा मतदातासँग भेटघाट र घरदैलो कार्यक्रमलाई तीव्र बनाउने बताए।

ओलीले चुनावको वातावरण सरकारले बनाउने भन्दै अब निर्वाचन हुने आशा बढेको पनि बताए। “चुनाव भए हामी सहभागी हुन्छौँ,” उनले स्पष्ट पारे।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *