|
२०८२ फाल्गुन १
पाल्पा, १ फागुन — नेपाली कांग्रेस का उपसभापति विश्वप्रकाश शर्मा ले अब देश बदल्ने जनताको सपना कांग्रेसले नै साकार पार्ने बताएका छन्।
तानसेनमा आयोजित अभिमुखीकरण कार्यक्रममा उनले कांग्रेसले नयाँ नेतृत्व र संरचनासहित आगामी निर्वाचनमा बलियो उपस्थिती जनाउने दाबी गरे। यसपटक १६५ निर्वाचन क्षेत्रमा १०६ जना नयाँ उम्मेदवार उठाइएको र महिला तथा दलित प्रतिनिधित्व बढाइएको उनको भनाइ छ।
कार्यक्रममा केन्द्रीय सदस्य राजेन्द्र गोपाल सिंह, पूर्व केन्द्रीय सदस्य हरिप्रसाद नेपाल र लुम्बिनी प्रदेश उपसभापति राजु खनाल ले पनि आफ्ना धारणा प्रस्तुत गरेका थिए।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्