काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्दै

DaksuMedia दाक्सु मिडिया
|
माघ २९, २०८२

काठमाण्डौँ । काठमाडौं महानगरपालिकाले बालबालिकाहरुमा निरोगात्मक स्वास्थ्य शिक्षा प्रवर्धन गर्न विद्यालयहरुमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

यसको प्रारम्भ ४ वटा सामुदायिक विद्यालयहरुमा नमूना कार्यक्रममार्फत हुनेछ । बुधवार ‘साना डाक्टर सम्बन्धी १ दिने कार्यशाला’ मा यसको अवधारणा, कार्यक्रम सञ्चालन रणनीतिका विषयमा छलफल भएको छ ।

कार्यशालामा जनप्रतिनिधिहरु, शिक्षा तथा स्वास्थ्य समितिका पदाधिकारी, शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्र हेर्ने महानगरपालिकाका विभागीय प्रतिनिधि, विद्यालय नर्ससहित साझेदार सहभागी थिए ।

कार्यशालामा बोल्दै महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले स्वास्थ्य सचेतना अभिवृद्धि गर्न र बालबालिका बीचको सह(सिकाइका लागि यो विधि उपयुक्त भएको उल्लेख गरिन् ।

विद्यालयहरुमा किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी कार्यक्रम पनि चाहिएको छ । शिक्षा तथा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जन भन्छन्( ‘सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई सकारात्मक प्रतिस्पर्धाका लागि आत्मविश्वासयुक्त बनाउनु पर्नेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *