|
२०८२ माघ २४
काठमाडौं — नेपाल कम्युनिस्ट पार्टीका नेता अग्निप्रसाद सापकोटाले राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच देखिएको सहकार्यप्रति कडा टिप्पणी गरेका छन्। उनले उक्त सहकार्यलाई राजनीतिक गहिराइ नभएको ‘स्टन्ट’ मात्र भएको आरोप लगाए।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सापकोटाले रास्वपा र बालेन पक्षबीच भएको भनिएको १० बुँदे सहमतिमा कुनै राजनीतिक दर्शन, सिद्धान्त वा दीर्घकालीन दृष्टिकोण नदेखिएको दाबी गरे। उनका अनुसार सहमतिका बुँदाहरू प्राविधिक विषयमा सीमित छन्।
नयाँ शक्तिहरूको पछाडि ‘अदृश्य र भयानक तागत’ रहेको आरोप लगाउँदै सापकोटाले घण्टी बजाएको वा प्रचारात्मक गतिविधि गरेको भरमा नेपाली जनता अब भ्रममा नपर्ने बताए।
उनले भने, “न सिद्धान्त छ, न विचार छ, न एजेण्डा। स्टन्ट र नाराले मात्रै अब जनतालाई बहकाउन सकिँदैन।”


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्