रौतहट घटनालाई गम्भीरताका साथ लिइएको हेरिएको रास्वपा

DaksuMedia दाक्सु मिडिया
|
माघ २३, २०८२

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट घटनालाई गम्भीरताका साथ लिइएको जनाएको छ ।

चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारीसाधनको ठक्करबाट चार वर्षीया बालिकाको मृत्युको खबरले पार्टी स्तब्ध र मर्माहत भएको शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ ।

घटनाको छानबिनका निम्ति स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्न पार्टी प्रतिबद्ध रहेको पनि जनाइएको छ । “कानुनी प्रक्रिया र पीडित परिवारलाई न्याय दिलाउने सन्दर्भमा पार्टीले कुनै कसर बाँकी राख्ने छैन,” विज्ञप्तिमा भनिएको छ ।

पीडित परिवारलाई हुन सक्ने राहत र सहयोगका निम्ति पार्टीका तर्फबाट आवश्यक पहल भइरहेको रास्वपाले जनाएको छ ।

“चुनावी अभियानका क्रममा प्रयोग हुने सवारीसाधनको परिचालनमा उच्च सतर्कता अपनाउन र सुरक्षा संवेदनशीलतालाई प्राथमिकता दिन पार्टीपंक्ति, उमेदवार र सवारीचालकहरूलाई कडा निर्देशन समेत जारी गर्दछौँ,” विज्ञप्तिमा उल्लेख छ ।

रास्वपाका तर्फबाट रौतहट क्षेत्र नम्बर–२ मा उमेदवार बनेका सगिर आलमको प्रचारप्रसारमा प्रयोग गरिएको गाडीको ठक्करबाट बिहीबार दिउँसो ईशनाथ नगरपालिका–४, मठिया टोलकी चार वर्षीया अलसा खातुनको मृत्यु भएको हो । बा १५ च ४२४४ नम्बरको कारको ठक्करबाट बालिकाको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *