त्रिवि पदाधिकारीको कुर्सीमा अखिल क्रान्तिकारीले लाञ्छनायुक्त पर्चा टाँस्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २३

काठमाण्डौँ । अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको कुर्सीमा विभिन्न लाञ्छनायुक्त पर्चा टाँसेको छ ।

त्रिविका चार वटा विभागको शुल्क घटाउनुपर्ने माग राखेर आन्दोलन गरिरहेको क्रान्तिकारीले उपकुलपति प्रा.डा. दिपक अर्याल र रजिस्ट्रार प्रा।डा. केदार प्रसाद रिजालको कुर्सीमा पर्चा टाँसेको हो ।

केही दिनअघि शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीको कार्यकक्षमा तोडफोडसमेत भएको थियो ।

तर अखिल क्रान्तिकारीले बिहीबार विरोध र दबाबका लागि ‘सांकेतिक’ आन्दोलन गरेको जनाएको छ ।

त्रिविका अधिकारीहरू विद्यार्थी संगठनले पदाधिकारीको कुर्सीमा अपशब्द टाँसेर दुर्व्यवहार गरेको दाबी गर्छन् ।

अखिल क्रान्तिकारीले पनि आफूहरूमाथि प्रशासन लगाएको आरोप लगाएको छ ।

मानविकी संकाय अन्तर्गतका चारवटा सेल्फ–सस्टेन प्रोग्राम केन्द्रीय विभागमा ल्याएपछि सहमति अनुसार शुल्क समायोजन नभएको उनको भनाइ छ । त्रिवि प्रशासनका अनुसार शुल्क पुनरावलोकन गर्न कार्यदल गठन भइसकेको छ ।

मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गतका अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, लैंगिक अध्ययन, सामाजिक कार्य र द्वन्द्व शान्ति तथा विकास अध्ययनको शुल्क घटाउन क्रान्तिकारीको माग छ ।

यसअघि पदाधिकारीको कार्यकक्षमा क्रान्तिकारीले ताला लगाएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *