ईपीएसको विषयमा लगातार आन्दोलन, कोरियाको रोजगारी गुम्ने जोखिम

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २०

काठमाण्डौँ । नेपाली श्रमिकहरूको आकर्षक गन्तव्य मुलुक दक्षिण कोरिया जान रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा पास भएर बसेकाहरू केही समयदेखि आन्दोलनरत छन् ।

कोरियन भाषा परीक्षा पास गरेर रोष्टरमा सूचीकृत भएका तर सन् २०२६ को अन्तिम सम्ममा अवधि समाप्त हुन लागेकाहरूले म्यादभित्र कोरिया जान पाउनुपर्ने माग राखेर प्रदर्शन र धर्ना गरेका हुन् ।

उनीहरुले ललितपुरको ग्वार्को स्थित ईपीएस कोरिया शाखा र भैंसेपाटीस्थित एचआरडी कोरियाको सिबिटी, युबिटी कार्यालय अगाडी प्रदर्शन गर्दै आएका छन् ।

यसअघि २०८० फागुनमा भाषा परीक्षामा सहभागी हुने नपाएको विषयमा प्रदर्शन हुँदा दुई जनाको मृत्यु भएको थियो । त्यसबेला प्रहरीसँग झडप हुँदा सुजन राउत र वीरेन्द्र शाहीको मृत्यु भएको थियो । प्रदर्शनकारीले तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनी गरेका थिए ।

भाषा परीक्षा पास गरेका नेपाली श्रमिकहरू कोरियामा कृषि, निर्माण क्षेत्र र पानीजहाज बनाउने (सिप बिल्डिङ) मा रोजगारीका लागी जान पाउँछन् ।

कोरिया बसेर फर्केकाहरू पुनः परीक्षा दिएर पनि जान पाउँछन् । सो प्रणालीलाई सिबिटी भनिन्छ । पछिल्लो समय कोरिया जान प्रतीक्षामा रहेका तथा रोष्टर अवधि समाप्त भएकाहरूले प्रदर्शन गरेका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *