|
२०८२ माघ १८
काठमाण्डौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत नेपालमा कार्यरत आफ्ना कर्मचारीको सुरक्षाप्रति दक्षिण कोरियाली सरकारले चासो व्यक्त गरेको छ।
कोरियास्थित नेपाली दूतावासमा भएको बैठकमा प्रदर्शनका क्रममा कर्मचारीहरूको फोटो प्रयोग हुँदा परिवारहरू चिन्तित बनेको भन्दै सुरक्षा प्रत्याभूति नभए कर्मचारी फिर्ता बोलाउन सक्ने संकेत दिइएको हो ।
ईपीएस शाखा कार्यालयमा दुई वर्षदेखि कोरिया जान नपाएको भन्दै युवाहरूले आन्दोलन गर्दै आएका छन् । सन् २०२४ मा १ लाख ६३ हजार आवेदकमध्ये १७ हजार ३० जना भाषा परीक्षा उत्तीर्ण भए पनि अधिकांशको करार नहुँदा कोरिया जान पाएका छैनन् । रोस्टर अवधि सकिन लागेपछि आन्दोलन चर्किएको हो ।
नेपाल सरकारले सुरक्षामा कुनै समस्या नहुने भन्दै कोरियाली पक्षलाई आश्वस्त पारेको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्