|
माघ १८, २०८२
पोखरामा सुरु भएको साफ यू–१९ महिला च्याम्पियनसिप फुटबलमा घरेलु टोली नेपालले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ। शनिबार पोखरा रङ्गशालामा भएको खेलमा नेपाल भारतसँग १–० गोलले पराजित भयो।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको चौथो मिनेटमा भारतकी पर्ल फर्नानडेजले गरेको गोल नै निर्णायक बन्यो। बराबरी फर्काउने नेपालका प्रयास सफल हुन सकेनन्।
यस जितसँगै भारतले प्रतियोगितामा पहिलो खेलमै तीन अंक जोडेको छ। नेपालले अब सोमबार भुटानसँग दोस्रो खेल खेल्नेछ।
यसअघि सम्पन्न अर्को खेलमा बङ्गलादेशले भुटानलाई १२–० को फराकिलो अन्तरले हराएको थियो। चार टोली सहभागी प्रतियोगिता राउन्ड रोबिन लिग प्रणालीमा सञ्चालन भइरहेको छ। लिग चरणपछि शीर्ष दुई टोली माघ २४ गते हुने फाइनलमा भिड्नेछन्।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्