|
२०८२ माघ १७
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन देश बनाउने र बिगार्ने शक्तिबीचको प्रतिस्पर्धा भएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यकर्ता भेलामा बोल्दै उनले निर्वाचनमा देश हार्न नहुने धारणा राखे।
झापा क्षेत्र नम्बर ५ मा आफ्नो प्रतिस्पर्धीतर्फ संकेत गर्दै ओलीले संगठन, उद्देश्य र विचारविहीन राजनीति ‘बतासे खेती’ जस्तै भएको टिप्पणी गरे। सामाजिक सञ्जालको भरमा चलेको राजनीतिक गतिविधिबाट देश नबन्ने उनको भनाइ थियो।
ओलीले एमाले जनताबीच रहेर काम गर्ने पार्टी भएको दाबी गर्दै देशलाई समृद्ध, सुरक्षित र जनतालाई सुखी बनाउने लक्ष्यबाट आफूहरू नहट्ने स्पष्ट पारे।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्