बालेनको प्रचारमा गएका व्यक्ति अछाममा बेहोस हुँदा सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ १६

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन) को चुनावी प्रचारमा अछाम गएका व्यक्ति बेहोस भएका छन् । उनलाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।

नुवाकोट घर भएका ४४ वर्षीय दिनेश सिटौला बुधबार बिहान एक्कासी बेहोस भएपछि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो ।

अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले सिटौलालाई सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको जानकारी दिए ।

उनी काठमाडौंदेखि नै बालेनसँगै चुनावी अभियानमा गएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *