निर्वासनबाट शेख हसिनाको चुनावप्रति आपत्ति

DaksuMedia दाक्सु मिडिया
|
माघ १५, २०८२

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतस्थित निर्वासनबाट आगामी आम निर्वाचनको आलोचना गरेकी छन्। अवामी लिगलाई चुनाव प्रक्रियाबाट प्रतिबन्ध लगाइएकाले निर्वाचन स्वतन्त्र र समावेशी हुन नसक्ने उनको भनाइ छ।

एसोसिएटेड प्रेसलाई इमेलमार्फत प्रतिक्रिया दिँदै हसिनाले ठूलो जनसमूहलाई मताधिकारबाट वञ्चित गर्दा देशमा राजनीतिक अस्थिरता गहिरिने चेतावनी दिएकी छन्। उनले अन्तरिम सरकारले पूर्व सत्तारूढ दललाई जानाजानी बाहिर राखेर विभाजन बढाएको आरोप लगाएकी छन्।

फेब्रुअरी १२ मा हुने निर्वाचनमा करिब १२ करोड ७० लाख मतदाता सहभागी हुन योग्य छन्। अन्तरिम सरकार स्वतन्त्र र निष्पक्ष चुनावको प्रतिबद्धता जनाउँदै आए पनि दलमाथिको प्रतिबन्धले निर्वाचनको विश्वसनीयतामाथि प्रश्न उठेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *