पार्टी निर्णय विपरीत गएपछि नेकपाका सात नेता निष्कासित

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ १०

काठमाडौं: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका तथा तिनलाई समर्थन गरेका सात जना नेता तथा कार्यकर्तालाई पार्टीबाट निष्कासन गरेको छ।

संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालद्वारा जारी संयुक्त विज्ञप्तिमा पार्टीको निर्णय र निर्देशन उल्लङ्घन गरेकाले कारबाही गरिएको जनाइएको छ।

निष्कासित हुनेमा सिन्धुलीका हरिबोल गजुरेल र महेश्वर दाहाल, दाङका कुलप्रसाद केसी, उदयपुरका मेजर राई तथा सिरहाका धर्मनाथ साह, राजकुमारी साह र जिवछ साह रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *