प्रकृति संरक्षणमा नेपाली सेनाको पाँच दशक

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ १०

काठमाडौँ: प्रकृति, वन र वन्यजन्तु संरक्षणमा नेपाली सेनाले विगत ५० वर्षदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। वि.सं. २०३२ देखि राष्ट्रिय निकुञ्ज सुरक्षामा खटिँदै आएको सेनाले हाल १२ राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्ष र एक शिकार आरक्षको संरक्षण गरिरहेको छ।

संरक्षण क्षेत्र नेपालको करिब २३ प्रतिशत भू–भागमा फैलिएको छ। सेनाको सक्रियताका कारण पाटेबाघ र एकसिङ्गे गैँडाजस्ता दुर्लभ वन्यजन्तुको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ।

जलवायु परिवर्तनको असर कम गर्न र हिमाली वातावरण जोगाउन सेनाको नेतृत्वमा ‘सफा हिमाल अभियान’ सञ्चालन हुँदै आएको छ, जसअन्तर्गत हालसम्म ११९ टनभन्दा बढी फोहोर संकलन गरिएको छ।

प्रकृति संरक्षणमार्फत जैविक विविधता जोगाउँदै नेपाली सेनाले दिगो पर्यापर्यटन प्रवर्द्धनमा समेत योगदान दिँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *