|
२०८२ माघ ५
काठमाण्डौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन् ।
सुर्खेत–१ बाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल सिफारिसमा भएका खड्का प्रचार– प्रसारका लागि देशभर जाने तर निर्वाचन नलड्ने निर्णयमा पुगेका उनी निकट स्रोतले जनाएको छ ।
उनले पार्टीलाई एक ढिक्का बनाउन देशभर रुख र चार तारे झण्डाको प्रचार प्रसारका लागि जाने बताएको उनका एक सहयोगीले जानकारी दिए ।
नेता खड्काले सर्वोच्च अदालतमा दाय गरेको मुद्दामा जुनसुकै फैसला आए पनि कांग्रेसलाई एक ढिक्का बनाउन लाग्ने आफूनिकट नेताहरूसँग बताएको ती सहयोगीले जानकारी दिए ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्