टिकट नपाएपछि पूर्वसांसद यज्ञजित शाहले एमाले छाडे

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ५

काठमाण्डौँ । पूर्वप्रधानमन्त्री डा. केआई सिंहका छोरा पूर्वसांसद यज्ञजित शाहले एमाले छाडेका छन् । टिकट नपाउने पक्का भएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्दै उनले राजीनामा पठाएका हुन् ।

रुपन्देही ३ मा वासुदेव घिमिरेलाई उम्मेदवार बनाएपछि यज्ञजित असन्तुष्ट थिए । उनी रुपन्देही-३ बाट उम्मेदवार आकांक्षी थिए ।

शाहले पार्टीमा अवसरवादी धेरै रहेकोले बस्न औचित्य नभएको बताएका छन् । शाहले ९ वर्षअघि केपी ओली र विष्णु पौडेललाई भेटेर एमाले प्रवेश गरेका थिए ।

पार्टीमा कुनै अवसर नपाएको उनले राजीनामा पत्रमा गुनासो गरेका छन् । शाह ०३८ सालदेखि रुपन्देहीमा बस्दै आएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *