महानगर कार्यपालिकाले कुर्सी खाली राखेर बालेनलाई धन्यवाद दियो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ४

काठमाण्डौँ । काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठकले मेयर बालेन्द्र शाह (बालेन) को राजीनामा पछि धन्यवाद ज्ञापन गरेको छ ।

कार्यवाहक प्रमुख सुनिता डंगोलले बालेनले दिएको राजीनामाबारे कार्यपालिकामा जानकारी गराउँदै धन्यवाद प्रस्ताव पेस गरेकी थिइन् । जसमा कार्यपालिका सदस्यहरूले धन्यवाद प्रस्ताव सर्वसम्मतले पास गरेका हुन् ।

बालेनले महानगरमा पुर्‍याएको योगदान र आगामी दिनमा समेत सुझाव दिन अनुरोध गर्दै धन्यवाद दिइएको हो । धन्यवाद प्रस्ताव कार्यपालिकामा लैजानु अघि मेयर बालेनलाई बोलाइएको थियो । तर बालेन भने आएनन् ।

उनी नआएपछि कार्यवाहक प्रमुख डंगोलले बालेनको कुर्सी छेउमा खाली राखेकी थिइन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *