प्रतिनिधिसभा चुनावमा उत्रिने सञ्चारमन्त्री खरेलको घोषणा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ३

काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने स्पष्ट संकेत दिएका छन्। फागुन २१ गते तय भएको निर्वाचनमा आफू प्रत्यक्ष प्रतिस्पर्धामा सहभागी हुने उनको भनाइ छ।

ललितपुरको महालक्ष्मीस्थानमा आयोजित नेपाल पत्रकार महासंघको एसोसिएट प्रदेश समितिको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री खरेलले संसदमा पुगेर नीतिगत तथा कानुनी सुधारमा सक्रिय भूमिका खेल्ने इच्छा व्यक्त गरे। “अब हुने चुनावमा कुनै न कुनै क्षेत्रबाट जनताको प्रतिनिधित्व गर्दै मैदानमा उत्रिन्छु,” उनले भने, “संसदमा पुग्ने चाहना मात्र होइन, त्यसका लागि आवश्यक तयारी पनि अघि बढेको छ।”

उनले संसदलाई कानुन निर्माणको मुख्य थलोका रूपमा व्याख्या गर्दै पत्रकारहरूको हकहित, स्वतन्त्रता र सुरक्षाका सवालमा प्रभावकारी कानुनी पहल गर्ने प्रतिबद्धता जनाए।

यद्यपि मन्त्री खरेलले आफू कुन निर्वाचन क्षेत्रबाट र कुन दलको तर्फबाट उम्मेदवारी दिने भन्ने विषयमा भने खुलासा गरेका छैनन्।निर्वाचन कार्यतालिका अनुसार आगामी माघ ६ गते प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *