गगन–विश्वमाथिको कारवाही विशेष महाधिवेशन हलबाट खारेज

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ३०

काठमाण्डौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई गरेको निष्कासन विशेष महाधिवेशनको हलले खारेज गरेको छ ।

विशेष महाधिवेशन पक्षधर केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले वक्तव्य जारी गर्दै कथित निष्कासन प्रकरणलाई महाधिवेशनको हलले खारेज गरेको बताएका छन् ।

उनले कारवाहीको प्रोपगाण्डाबाट विचलित नहुन आह्वान गर्दै विशेष महाधिवेशनबाट अनुमोदित पार्टी नेतृत्व नै आधिकारिक हुने दावी गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *