महामन्त्रीद्वय थापा र शर्माले थाले कानुनी परामर्श

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ३०

काठमाण्डौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग राजनीतिक सहमति नजुटेपछि पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कानुनी परामर्श थालेका छन् । उनीहरू कानुनविद् तथा आफू निकटका नेतासँग निरन्तर छलफलमा जुटेका हुन् ।

केन्द्रीय सदस्य प्रकाश स्नेहीले पार्टी एकतामा अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै सोहीअनुसार वार्ता मिल्ने सम्भावना अझै बाँकी रहेको बताएका छन् । सोहीअनुसार थापा र शर्मा अहिले छलफलमा जुटेको उनको भनाइ छ ।

हाल भृकुटीमण्डपमा विशेष महाधिवेशनको निर्वाचन प्रक्रिया अघि बढाइए पनि पदाधिकारी तहमा कसैले उम्मेदवारी दर्ता नगरेको अवस्था छ।

यसअघि बुधबार बिहान सभापति देउवाले विद्यमान कानुनले मिल्ने भए प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारलाई टिकट दिँदा अर्कै नेतालाई हस्ताक्षर गर्ने अधिकार दिन आफू तयार रहेको बताएका थिए । बुधबार बिहान आफ्नै निवास महाराजगन्जमा महामन्त्रीद्वयसँगको भेटमा देउवाले कानुनी प्रावधानको अध्ययन गरेर निर्णय लिन सकिने बताएका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *