कांग्रेस विशेष महाधिवेशनमा मतदान भोलि बिहान मात्रै हुने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २९

काठमाण्डौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचन समितिले साँझ साढे ७ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम तय भएको जानकारी दिएको छ ।

निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार साँझ साढे ६ बजेदेखि साढे ७ बजेसम्म उम्मेदवारीको समय तोकिएको छ । उनले त्यसपछि मनोनयनका लागि समय थप नगर्ने पनि बताए ।

९ घण्टादेखि विशेष महाधिवेशनको बन्द सत्र जारी छ । चिया र खानाको लागि ब्रेक नगरी बन्दसत्र जारी राखिएको छ । दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सबै समय बन्द सत्रमा रहेको जानकारी गराइएको छ।

बन्द सत्र अब दुई घण्टा चल्ने र आएका सुझावहरूलाई समेट्ने सचिवालयले जानकारी दिएको छ । आज साँझ दुई महामन्त्रीले सम्बोधन गरेपछि मात्रै बन्दसत्र सकिनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *