|
२०८२ पुष १९
भक्तपुर हनुमानघाटस्थित त्रिवेणीधाममा आजदेखि एक महिनासम्म माधव नारायण मेला र व्रत सुरु भएको छ। यो मेला नेपाल संवत्को आठौँ शताब्दीदेखि चल्दै आएको विश्वास छ।
व्रतालुहरूले स्नान, पूजा र कलश यात्रा गर्दै व्रत बस्ने परम्परा अनुसार एक महिनासम्म विभिन्न धार्मिक गतिविधि पूरा गर्नेछन्। यस वर्ष ३५ जना महिला र पुरुषले व्रत बस्ने भएका छन्।
भक्तपुर नगरपालिकाले व्रतालुका लागि त्रिवेणीधाममा स्नान गर्ने खाल्डो बनाइ सुरक्षित व्यवस्थापन गरेको छ। व्रतालुहरूले माघ शुक्ल पूर्णिमाको दिन पूजा र नगरपरिक्रमा गरेर व्रत समापन गर्ने परम्परा छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्