|
पुस ४, २०८२
पाटन – भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय उत्पादनको प्रयोग बढाउनुपर्ने बताएका छन्। स्थानीय सामग्री र प्रविधिको प्रयोगले रोजगारी सिर्जना हुनुका साथै अर्थतन्त्र मजबुत हुने उनले बताए।
ह्याबिट्याट फर ह्युम्यानिटी नेपालद्वारा आयोजित ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ विमोचन कार्यक्रममा मन्त्री घिसिङले बाँसजस्ता स्वदेशी सामग्री प्रयोग गर्दा विदेशी मुद्रा बचत हुने र भूकम्प प्रतिरोधी संरचना निर्माणमा सहयोग पुग्ने उल्लेख गरे।
कार्यक्रममा सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल र विभागीय अधिकारीहरूले स्थानीय सन्दर्भअनुकूल, जलवायुमैत्री र सुरक्षित संरचना निर्माणका लागि आवश्यक नीति र मापदण्ड लागू गर्न प्रतिबद्धता जनाए।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्