काठमाण्डौँ । जनस्वास्थ्यविद् माधव चौलागाईंले वन तथा वातावरण मन्त्रीको जिम्मेवारी पाएका छन् । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा वन मन्त्री बनेका चालागाईंले राष्ट्रपति रामचन्द्र पौडेलबाट शुक्रबार शपथ लिए ।
कार्की नेतृत्वको सरकार बने लगत्तै कर्णालीबाट मन्त्री बन्ने चर्चामा रहेका चौलागाईंलाई कार्की क्याबिनेटमा छिर्न भने करिब तीन महिना लाग्यो । गत असोज पहिलो साता नै काठमाडौंमा रहेका कर्णालीका विज्ञ र युवाहरूले भूगोलको प्रतिनिधित्व गराउँदै मन्त्री बनाउन तीन जनाको नाम सिफारिस गरेका थिए ।
जसमा विज्ञहरूको तर्फबाट नरबहादुर कार्की र माधव चौलागाईं थिए भने जेनजी युवाको तर्फबाट प्रकाश खड्काको नाम सिफारिस गरिएको थियो । तर त्यो बीचमा तीन पटक क्याबिनेट विस्तार हुँदा यी तीनै नाम गुमनाम रहे । त्यति बेला हुम्लाकी टासी ल्हान्जोम र दलित अभियन्ता दैलेखका खगेन्द्र सुनारलाई मन्त्री बनाउने तयारी भएको थियो ।
तर, यी दुवै जना विवादमा परेपछि प्रधानमन्त्री कार्कीले शपथ ग्रहण अगाडि उनीहरूको नाम हटाएकी थिइन् । चौलागाईं सुधन गुरुङ समूहको सिफारिस र सहयोगमा नै मन्त्री बनेको गुरुङ निकट एक युवाले बताएका छन् ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्