आगलागीबाट जलेको प्रहरी वृत्त बौद्ध पुनर्निर्माणपछि पुनः सञ्चालनमा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २९

काठमाडौँ : भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगलागी भएर क्षति पुगेको प्रहरी वृत्त बौद्धको भवन स्थानीयवासी तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा पुनर्निर्माण सम्पन्न भई आइतबारदेखि पुनः सञ्चालनमा आएको छ।

पुनर्निर्मित भवनको उद्घाटन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले गरेका हुन्। उद्घाटन समारोहमा प्रहरी परिसर काठमाडौँका प्रमुख रमेश थापा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसाल, काठमाडौँ महानगरपालिका–६ का अध्यक्ष भुवन लामा तथा पुनर्निर्माण समितिका अध्यक्ष जयमङ्गल लामा लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयसहित सार्वजनिक निकायमा आगलागी तथा तोडफोडजस्ता कुकर्ममा संलग्न व्यक्तिहरूलाई सिसीटिभी फुटेजको आधारमा पहिचान गरी कानुनी कारबाही गर्नुपर्नेमा जोड दिएका थिए।

स्थानीय समुदायको सहकार्यमा सम्पन्न पुनर्निर्माणले सुरक्षाप्रति जनसहभागिता र जिम्मेवारीको भावना झल्काएको सहभागीहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *