एमाले महाधिवेशनको बन्दसत्र ३ बजे

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २८

काठमाण्डौँ । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ ।

भक्तपुरको सल्लाघारीमा शनिबार उद्घाटन भएको महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा हुँदैछ ।

यसअघि बिहानै सुरु गर्ने भनिएको बन्दसत्र सारेर ३ बजे पुर्‍याइएको हो । केन्द्रीय कमिटीको बैठकपछि प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले बन्दसत्र ३ बजेका लागि सरेको जानकारी दिएका हुन् ।

बन्दसत्र सुरु हुनुअघि केन्द्रीय कमिटी बैठक बसेको थियो । बैठकले विधान महाधिवेशनको निर्णय उल्ट्याएको छ । केन्द्रीय सदस्यको संख्या बढाउने र स्थायी कमिटी रहने गरी संशोधन गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *