पाल्पा जीप दुर्घटनामा मृतकको संख्या चार, घाइतेहरूको उपचार जारी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २७

काठमाडौँ । पाल्पाको निस्दी गाउँपालिका–४, मित्यालमा शुक्रबार भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ। दुर्घटनामा घाइते नवलपुर, मध्यविन्दु नगरपालिका–१३ का ३४ वर्षीय सुन्दर विकको उपचारका क्रममा चितवनको पुरानो मेडिकल कलेजमा मृत्यु भएपछि मृतक संख्या चार पुगेको हो।

यसअघि दुर्घटनामा निस्दी गाउँपालिका–४, मित्याल ठोक्सिङबासकी ४५ वर्षीय ओम कुमारी खाम्चा, निस्दी गाउँपालिका–७, ज्यामिरे हुवासकी ३६ वर्षीया हेम कुमारी सारु, र नवलपुर, मध्यविन्दु नगरपालिका–१३ की ३१ वर्षीय बुद्धिमाया विकको मृत्यु भइसकेको थियो।

रामपुर–मित्याल–अरुणखोला सडक खण्ड अन्तर्गत निस्दी गाउँपालिका–४, मित्याल च्युरीबास नजिकै एकलफोक्सिङ्गमा लु१ज ३९०८ नम्बरको जीप दुर्घटना हुँदा मृतक सुन्दर र बुद्धिमाया पतिपत्नी थिए। दुर्घटनामा घाइते आठमध्ये १० वर्षका लविस सुनार र ५ वर्षकी प्रिन्सा सुनार पनि सुन्दर र बुद्धिमायाका छोराछोरी हुन्।

घाइतेमध्ये निस्दी गाउँपालिका–४, मित्याल लामेदमारका ७३ वर्षीय नरबहादुर सुनारी, ७२ वर्षीय भूमीसरा सुनारी र २८ वर्षीय सुनारीको उपचार भइरहेको छ। उनीहरूको उपचार चितवनको पुरानो मेडिकल कलेज र नवलपरासीको मध्यबिन्दु प्रादेशिक अस्पतालमा भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *