|
मंसिर २७, २०८२
काठमाडौं – नेकपा (एमाले) को ११औं महाधिवेशन आज भक्तपुरको सल्लाघारीमा उद्घाटन हुँदैछ। पार्टीले उद्घाटन समारोहमा करिब २ लाख जनताको उपस्थितिको अपेक्षा गरेको छ।
देशभरबाट आएका सहभागीहरूका लागि गाडी र पार्किङको व्यवस्थापन मिलाइएको छ। महाधिवेशनमा डेढ सय झाँकी प्रस्तुत हुनेछन्, जसले उपत्यकाको कला र संस्कृति देखाउनेछ।
जुलुस सडकको सर्भिस लेन प्रयोग गरी सभा स्थलसम्म पुग्नेछ। सहभागीहरूलाई कार्यक्रमको अन्त्यसम्म उद्घाटन स्थलमै रहन निर्देशन दिइएको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्