रिपुम गुम्बामा भीषण आगलागी, आवास भवन पूर्ण रूपमा नष्ट

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २१

गोरखा — गोरखा जिल्ला स्थित ऐतिहासिक रिपुम गुम्बामा आइतबार दिउँसो भीषण आगलागी हुँदा गुम्बाभित्र रहेको तीन तले आवास भवन पूर्ण रूपमा जलेर नष्ट भएको छ। स्थानीय छेवाङ ग्याल्जेन लामाका अनुसार आगलागीले भवनका करिब ५० कोठा पूर्णरूपमा क्षतिग्रस्त बनेका छन्।

लत्ताकपडा, भान्साका सामान, फर्निचरलगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन्। गुम्बामा बसोबास गर्दै आएका करिब ६० जना भिक्षुहरूका लागि बनाइएको उक्त भवन ४० वर्ष पुरानो रहेको बताइएको छ।आगलागीको कारण अझै खुल्न सकेको छैन। घटनासम्बन्धी थप विवरण संकलन गर्न प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठको नेतृत्वमा प्रहरी चौकी सामागाउँ र लार्केस्थित प्रहरी चौकी नाम्रुङको टोली खटिएको जिल्ला प्रहरीले जनाएको छ।

धेरै पुरानो मानिने रिपुम गुम्बाको इतिहास झन्डै एक हजार वर्ष पुरानो रहेको बताइन्छ। क्षतिको पूर्ण विवरण भने अहिलेसम्म सार्वजनिक भएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *