सल्यानमा जिप दुर्घटनामा ६ जना घाइते

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २०

सल्यान, २०८२ मंसिर २० – सल्यानमा भएको जिप दुर्घटनामा ६ जना घाइते भएका छन्। रोल्पादेखि दाङको तुलसीपुर जाँदै गरेको रा.१ज ८४३ नम्बरको सफारी जिप कपुरकोट गाउँपालिका–३, नयाँ रोड नजिक शुक्रबार दिउँसो दुर्घटनाग्रस्त भएको हो।

दुर्घटनामा रोल्पा गंगादेव गाउँपालिका–४ का ४५ वर्षीय हरिबहादुर थापा, ४२ वर्षीया टीका थापा, ३० वर्षीया विमला थापा, विमलाका ९ वर्षीय छोरा पवन थापा र ८ वर्षीय रावल थापा घाइते भएका छन्।

घाइतेहरूको उपचार कपुरकोट आधारभूत स्वास्थ्य चौकीमा भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *