|
२०८२ मंसिर २०
काठमाडौं, २०८२ मंसिर २० – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी आम निर्वाचनपछि मुलुकमा एमालेको एकल सरकार बन्ने विश्वास व्यक्त गरेका छन्।
शनिबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजित ‘नवयुग’ ई-बुलेटिन विमोचन कार्यक्रममा ओलीले भने, “हामी निर्वाचनको प्रतीक्षामा छौँ। निर्वाचन भएपछि नेकपा एमाले सत्तामा पुग्नेछ। अब बन्ने सरकार एमालेको सरकार हो।”उनले पुराना दलहरूको विकल्प खोज्ने चर्चा भइरहे पनि एमालेको पुनरागमन निश्चित रहेको दावी गरे। अध्यक्ष ओलीले भने, “अरू कोही आउँछन् कि आउँदैनन्, मलाई थाहा छैन, तर एमाले पक्कै आउँछ।”
कार्यक्रममा ओलीले निर्वाचनको मिति जे जस्तो ढिला भए पनि एमाले सशक्त रूपमा सत्तामा फर्कने भरोसा व्यक्त गरे।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्