नेकपा एमालेको वडा अधिवेशन आगामी शनिबारदेखि हुने

DaksuMedia दाक्सु मिडिया
|
२०७८ कार्तिक १

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको वडा अधिबेशन आगामी शनिबारदेखि सुरु हुने भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सबै स्थानीय तहका वडाहरुको अधिवेशनको एकसाथ उद्घाटन गर्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

आगामी शनिबार बिहान ११ बजे पार्टी अध्यक्ष ओलीले देशभरका इन्टरनेटको पहुँच भएका वडाहरुको अधिवेशन एकसाथ भर्चुअल उद्घाटन गर्ने तयारी गरिएको उनले बताए ।

यसैलाई नै औपचारिक उद्घाटन मानेर अधिवेशनका कार्यक्रम अघि बढ्ने तामाङकोे भनाइ छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *