|
२०८२ मंसिर २०
हेटौडामा सर्वोच्च अदालतको रोक आदेश उल्लङ्घन गर्दै सडक विस्तारका नाममा निजी घर–जग्गा भत्काइएपछि राप्रपा नेपालका अध्यक्ष कमल थापा आक्रोशित भएका छन्। उनीका अनुसार पूर्वप्रधानन्यायाधीशकै नेतृत्वमा बनेको सरकारले जनताको वैध स्वामित्वमाथि बलजफ्ती हस्तक्षेप गरी कानुनी शासनको गम्भीर अपमान गरेको छ।
थापाले बाइपासको विकल्प रहँदा पनि पुरानो बस्ती भत्काएर क्षतिपूर्ति नदिइ कब्जा गर्ने कार्य ‘जघन्य अपराध’ भएको टिप्पणी गरेका छन्। उनले राज्यशक्तिको दुरुपयोग गरी घर भत्काइनु अन्यायपूर्ण भएको र प्रभावित जनतालाई ‘अतिक्रमणकारी’ भन्ने आरोप नलगाउन आग्रह गरेका छन्।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्